गण्डकी

मोटरसाइकल चोरी आरोपमा तामाङ पक्राउ

इकागज |
जेठ २२, २०८१ मंगलबार १४:९ बजे

पोखरा- कास्कीको पोखरा महानगरपालिका- १४ सितलटोलस्थित पार्किङमा रोकी राखेको ग.१५ प ३१९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय सुवास तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

तामाङले नक्कली चाबी प्रयोग गरी मोटरसाइकल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरीले मोटरसाइकल डोर्‍याउँदै लगिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 


उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Author

थप समाचार
x