गण्डकी

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

इकागज |
जेठ २८, २०८१ सोमबार १६:५८ बजे

फाइल फोटो

काठमाडौँ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । उनको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २८ मत परेको छ  । सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले  पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको जानकारी दिए । 

प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए । 


उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले मत दिएका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।


Author

थप समाचार
x