गण्डकी

गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

इकागज |
जेठ २९, २०८१ मंगलबार १०:५३ बजे

काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ ।


माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्विप जारी भए पनि पाण्डेलाई विश्वासको मत दिएका थिए । देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ । नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारवाही गर्न नमिल्ने बताएको छ । 

यो सँगै गुरुङ गण्डकीमा छैटौँ पटक मन्त्री हुँदैछन् । कांग्रेसका टेकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यस अघि नै नियुक्त भइसकेका छन् ।

सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ । सर्वोच्चको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आजै मन्त्रिपरिषद बिस्तार गरि आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् ।


Author

थप समाचार
x