गण्डकी

कास्कीमा पहिरोले दुई जनाको मृत्यु

इकागज |
असार १२, २०८१ बुधबार ८:४ बजे

काठमाडौँ- पहिरोले कास्कीमा दुई जनाको मृत्यु भएको छ । मंगलबारबाट परेको पानीले पहिरो जाँदा दुई जनाको मृत्यु भएको हो ।

मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


गएराति पहिरोले हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीसँगै सुतेकी रानाभाटको मृत्यु भएको र उनकी हजुरआमालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x