गण्डकी

गण्डकी प्रदेशसभाबाट बजेट पारित

इकागज |
असार १७, २०८१ सोमबार २१:२७ बजे

गण्डकी- गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ । यही असार १ गते गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले गण्डकी प्रदेशसभामा प्रस्तुत गरेको बजेट गण्डकी प्रदेशसभाको आजको बैठकले पारित गरेको हो ।

मन्त्री गुरुङले आव २०८१/८२ का लागि रु ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट प्रस्तुत गरेका थिए । बजेटमध्ये चालुतर्फ रु १३ अर्ब १६ करोड, पाँच लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रहेको छ ।


चालुतर्फ कुल विनियोजनको ३९ दशमलव ९१ प्रतिशत हो भने पुँजीगततर्फ कुल विनियोजनको ५९ दशमलव १९ प्रतिशत हो । यसअघि विभिन्न बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए । 


Author

थप समाचार
x