गण्डकी

पहिरोले कालीगण्डकी करिडोर बन्द

इकागज |
साउन १६, २०८१ बुधबार ९:५० बजे

ढोरपाटन (बागलुङ)- अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो । 

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।


वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उहाँले बताउनुभयो । दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ । 


Author

थप समाचार
x