पाल्पामा पानीजहाज चलाउन सम्भाव्यता अध्ययन सुरु
पाल्पा : शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन सुरु गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको हो ।
नेपाल पानीजहाज कार्यालय काठमाडौँले पाल्पा खण्डको रामपुर नगरपालिकाका दुई स्थानमा सबस्टेशन राख्न सम्भाव्यता अध्ययन गरेको छ । रामपुर नगरपालिकाको वडा नं ३ स्थित केलादीघाट र वडा नं ६ स्थित गौरीघाटमा सबस्टेशनको लागि निरीक्षणको काम भएको छ । सम्भाव्यता अध्ययन भएकामध्ये केलादीघाटमा सडकको पहुँच, केन्द्रभाग पर्ने भएकाले त्यहाँ सबस्टेशनको लागि सम्भावना देखिएको हुदा सो क्षेत्रको माटो परीक्षण तथा सर्भे गरेर असार मसान्तभित्र नेपाल सरकारलाई सुझावसहितको अध्ययन प्रतिवेदन हस्तान्तरण गर्ने नेपाल पानीजहाज कार्यालय काठमाडौँका इन्जिनियर तथा जलश्रोतविद् अनुप खनालले बताए ।
इन्जिनियर खनालका अनुसार सबैभन्दा सानो जहाजको लागि एउटा सम्भावना एक सय टन क्षमता अर्थात् एक लाख किलो बोक्न सक्ने जहाज हेरिएको छ । एक लाख किलो बोक्नसक्ने क्षमता भएको जहाजले सरसर्ती हेर्दा दुई हजार बोरा सिमेण्ट बोक्न सक्ने जहाजको अध्ययन भइरहेको छ । एक लाख किलो सामान बोक्न सक्ने क्षमताको जहाजको लागि डेढ मिटरको पानीको गहिराई र तीस मिटरको चौडाई आवश्यकता पर्दछ । कालीगण्डकीमा सो क्षमताको जहाज दुईतर्फी नै चलाउन सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया