गण्डकी

घाँसी कुवाको पहिरो पन्छाउन शुरु, सडक सुचारु हुन समय लाग्ने

इकागज |
भदौ ६, २०८१ बिहीबार १०:३० बजे

दमौली- तनहुँको घाँसी कुवा नजिक बुधबार साँझ खसेको पहिरोको कारण मुग्लिन-पोखरा सडक अहिले पनि अवरुद्ध रहेको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठूलो पहिरो खसेका कारण मुग्लिन-पोखरा सडक पुर्णरुपमा अवरुद्ध रहेको हो ।


हिजो खसेको पहिरो पन्छाउने काम भने आज केहीबेर अघिदेखि पन्छाउने शुरु गरिएको प्रहरीले जनाएको छ । ठूलो पहिरो खसेको हुनाले सो पहिरो पन्छाउन कति समय लाग्छ भन्ने यकिन नभएको बताइएको छ ।


Author

थप समाचार
x