गण्डकी

पहिरोले घाँसीकुवा डुम्रे सडक अवरुद्ध

इकागज |
असोज १२, २०८१ शनिबार ६:४६ बजे

तनहुँ- दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ ।

आज बिहान १:४५ बजे गएको पहिरोका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए ।


उहाँका अनुसार शुक्रबार राति ११:४५ बजेदेखि लेदो खसेर पहिरोको जोखिम बढेको थियो । झरी परिरहेपछि १:३० बजे सडक पहिरोका कारण अवरुद्ध भएको छ । उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिरोजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ । 


Author

थप समाचार
x