गण्डकी

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

इकागज |
असोज २०, २०८१ आइतबार १३:५५ बजे

तनहुँ- ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका-६ स्याम्घा घर भई सोही नगरपालिका-४ शितलटोल बस्ने ४३ वर्षीय पंचलाल दर्जीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दर्जीले ती महिलालाई बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


त्यस्तै ओखलढुंगाका २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-३ बगाले टोल बस्ने ४० वर्षीय देवराज राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई गत असोज १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी केत्तुके र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Author

थप समाचार
x