गण्डकी

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

इकागज |
असोज २२, २०८१ मंगलबार ६:५५ बजे

गोरखा- यहाँका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया गरेको हो ।

केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले शल्यक्रिया गरिएकामध्ये छ जना महिला र सात पुरुष रहेका जानकारी दिए । केन्द्रले गोरखा र पालुङटार नगरपालिका तथा बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकामा आँखाका बिरामीको  शल्यक्रिया शिविर सञ्चालन गरेको हो ।


लायन्स सेवा केन्द्रले जिल्लाभित्रका विभिन्न समुदाय र विद्यालयमा पुगेर समयसमयमा समुदायस्तरमा निःशुल्क आँखा जाँच, औषधोपचार तथा चश्मा वितरण गर्दै आएको छ । शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार गर्ने गरिएको छ ।


Author

थप समाचार
x