गण्डकी

गोरखामा एक महिलाको हत्या

इकागज |
असोज २४, २०८१ बिहीबार १४:१९ बजे

गोरखा- पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । बुधबार राति करिब १२ बजे धारिलो हतियार प्रहार गरी २८ वर्षीया रश्मी कुमालको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान २ बजे दमौलीमा मृत्यु भएको हो । कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको छ ।


अपरिचित व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x