गण्डकी

'द क्लिफ' बन्यो उत्कृष्ट करदाता

इकागज |
मंसिर ९, २०८१ आइतबार १०:३० बजे

पर्वत- बाग्लुङ क्षेत्रलाई एडभेन्चर हबको रुपमा विकास गर्न सफल र अहिलेको प्रसिद्ध पर्यटकीय गन्तव्य  'द क्लिफ' नेपाललाई आन्तरिक राजश्व कार्यालय, बाग्लुङले उत्कृष्ट करदाताको सम्मान गरेको छ । 

पर्वत जिल्लामा दर्ता रहेका करदाताहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस-२०८१को अवसरमा कार्यालयले सम्मान गरेको हो ।


कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार‌ श्रीवास्तवले  क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस-२०८१ का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथl पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको 'द क्लिफ'मा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चेयर लगायत गतिविधि सञ्चालनमा छन् ।


Author

थप समाचार
x