गण्डकी

ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै

इकागज |
मंसिर २७, २०८१ बिहीबार ६:४० बजे

ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ । 

दश किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि  तमानखोला गाउँपालिकाले रु एक करोड ४५ लाख ५८ हजार विनियोजन गरी काम थालेको गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले जानकारी दिए । 


ढोरपाटनसम्मको यात्रालाई सहज बनाउन थालिएको स्तरोन्नतिका क्रममा सडक चौडा गर्ने, पानीको निकासका निम्ति नाली र बोङ्खानीखोलामा कल्भर्ट निर्माण गरिने छ । यो बाटो  २०७५ सालमा  खुलेको हो । 

तमानखोला–२ का चुलेन्द्र विकले अहिलेको साँघुरो सडक  अब फराक भएपछि सबै प्रयोगकर्ताको आवागमन सहज हुने बताए । तमानखोला बाग्लुङको विकट गाउँपालिका हो । यहाँका धेरै स्थानलाई सडक सञ्जालबाट जोड्न बाँकी छ । 


Author

थप समाचार
x