गण्डकी

पहिरोमा परी ७ घर भत्किए, लाखौँको क्षति

इकागज |
असार २०, २०७८ आइतबार २०:१३ बजे

मकवानपुर : केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।

राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो र केही गोठ बगाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । मल्लका अनुसार स्थानीय वीरबहादुर सुनारको कच्चीघर, सोही वडाका दुुगुंवागंमा वुद्दिलाल प्रजाको गोठ र गोठमा रहेको तीनवटा गोरु बगाएको र सोमबहादुर प्रजाको घर पहिरोले पुरेको छ ।


यस्तै सोही वडाको धकागं टोलमा रहेको वनैलीमाया प्रजाको घर पहिराले बगाएको छ । अन्य चारा घर जोखिममा रहेको बताइएको छ । पानी परिरहेकाले प्रभावितको उद्दार गरी सुरक्षित स्थानमा पठाउन कठिनाई भएको अध्यक्ष मल्लले बताए । त्यसैगरी  बिकट क्षेत्रका रुपमारहेको कैलाश गाउँपालिकाको वडा नम्वर २, ३ र ४ मा तीनवटा घर पहिराले भत्काएको छ ।


Author

थप समाचार
x