गण्डकी

अविरल वर्षाले मनाङमा डेढ करोडको बाली नोक्सान

इकागज |
असार २४, २०७८ बिहीबार २०:१८ बजे

मनाङ : हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ । गत जेठ ३१ गतेदेखि परेको वर्षाका कारण गाउँपालिकाको पाँच वटै वडाको बालीमा क्षति पुर्‍याएको हो ।

निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पुर्‍याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ लामाले बताए । उनले भने,'गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाले नार्पाका बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ । बाली लगाएको ठाउँमा सबै पानी जलमग्न भएको छ । खेत सबै भत्किएका छन् । निर्वाहमुखी र स्थानीय व्यावसायिक रूपमा खेती लगाएका किसानको बाली निरन्तरको वर्षाले नष्ट गरिदिएको हो ।' 


गाउँपालिकाको पाँच वडामध्ये सबैभन्दा नार्पाभूमि गाउँपालिका-१ नारमा अहिलेको वर्षाले बालीमा ठूलो क्षति पुर्‍याएको उनले जाकारी दिए । उनी भन्छन्,'नार्पाको वडा नम्बर १ नारमा यो वर्षाले किसानले लगाएका कोरु, आलु र तोरी बर्वाद बनाएको छ । चक्लाबन्दी गरेर लगाएका सो बाली पानीको मात्रा अत्याधिक भएर कतै कुहिएको छ, त कतै खेत भत्किएर पुरिएको छ ।' 


Author

थप समाचार
x