गण्डकी

पोखरा महानगरका प्रमुख आचार्य डिस्चार्ज

इकागज |
फागुन ८, २०८१ बिहीबार २२:५ बजे

फाइल फाेटाे

काठमाडौं - पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आज अस्पतालबाट डिस्चार्ज भएका छन् । 

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचाररत रहेका आचार्यलाई उनको स्वास्थ्यमा  सुधार देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीले जानकारी दिए ।  


यही फागुन ३ गते पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष–२०२५’ को औपचारिक घोषणा कार्यक्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थतन्त्री विष्णुप्रसाद पौडेल र प्रमुख आचार्य घाइते भएका थिए । मन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन् । 


Author

थप समाचार
x