राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल
काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।
मुस्लिम समुदायको पर्व बकर ईद (इदुल जोहा) को उपलक्ष्यमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त रसमृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।
अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो भन्ने मान्यता छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाउँदै आएको पाइन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया