गण्डकी

मादी हाइड्रोमा कोभिड संक्रमित मृत भेटिए

इकागज |
साउन ३१, २०७८ आइतबार १५:३४ बजे

पोखरा - मादी हाइड्रो पावर आयोजनाका एक कोभिड १९ संक्रमित कामदारले आत्महत्या गरेका छन् । हाइड्रोमा कार्यरत रहेका एक पुरुष कामदारले शनिबार राति आत्महत्या गरेको आयोजनाका अध्यक्ष पुष्पज्योती ढुंगानाले पुष्टि गरे । 

बेलुका खाना खाएर सुतेका ती कामदार बिहान आयोजना परिसरमा बनाइएको आइसोलेसनको शौचालयमा मृत भेटिएका थिए । ‘बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेट्यौं, संक्रमित भएपनि स्वास्थ्य सबै नर्मल थियो,’ आयोजनाका अधिकारी ज्ञानप्रसाद ज्ञवालीले बताए । 


हाइड्रोमा २६ जनालाई कोरोना पुष्टि भएपछि उनीहरु आइसोलेसनमा छन् । साउन २७ मा एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोभिड १९ संक्रमण देखिएको थियो ।
 


Author

थप समाचार
x