२० हजार सवारी साधन कारबाहीमा
दमौली- जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक वर्षको अवधिमा २० हजार सवारी साधनलाई कारबाही गरेको छ । नियम उल्लङ्घन गरी सवारी चलाउने २० हजार सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ३१ लाख २३ हजार ५०० राजस्व सङ्कलन गरिएको छ ।
कारबाहीमा पर्नेमा पाँच हजार ७४५ ट्रक/टिपर, एक हजार ८१८ बस, चार हजार ७३ कार/जिप, एक हजार ५८७ ट्र्याक्टर, ११३ अन्य र छ हजार ६४६ मोटरसाइकल/स्कुटर छन् । कारबाहीमा पर्नेमा पनि दुई पाङ्ग्रे सवारी अत्यधिक छन् ।
मोटरसाइकल/स्कुटर कारबाहीबाट मात्रै रु ४६ लाख ७९ हजार ५०० राजस्व सङ्कलन गरिएको सो कार्यालयले जनाएको छ । आव २०७६/७७ मा २१ हजार १५० सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ३४ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको थियो । त्यस्तै २०७५/७६ मा २६ हजार ६४६ सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ६६ लाख ९४ हजार ५०० राजस्व सङ्कलन गरिएको थियो । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया