पोखरामा कांग्रेसको प्रदर्शन
अब कम्युनिस्टविरुध्द लड्छौं, यो 'वार्म अप' मात्र हो : नेता केसी
पोखरा : पोखरामा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रमअन्तरगत सोमबार पोखरामा हजारौं कार्यकर्ताको उपस्थितिमा कांग्रेसले विरोध प्रदर्शन गरेको हो पोखराको चिप्लेढुंगाबाट सुरु भएको र्याली महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । प्रदर्शनमा कांग्रेस कार्यकर्ताले ‘कांग्रेस अब तात्तियो, नेपाल सरकार आत्तियो’, राष्ट्रपति राजीनामा दे,’ जस्ता नारा लगाएका थिए ।
विरोधसभालाई कांग्रेस नेता अर्जुन नरसिंह केसीले सम्बोधन गरेका थिए । पूर्वसभामुख तारानाथ रानाभाट, यज्ञ बहादुर थापा, जिल्ला सभापति कृष्ण केसी लगायतले विरोधसभामा बोलेका थिए ।
सभालाई सम्बोधन गर्दै नेता केसीले सरकार दिनप्रतिदिन भ्रष्ट हुँदै गएको बताए । ‘अहिले नेकपाका २ अध्यक्षले एकअर्कालाई विरोध गर्दै पत्र ल्याउनु भएको छ, त्यो धेरै कसले खाने भनेर ल्याइएको हो,’ नेता केसीले भने, ‘कम्युनिष्टहरूले लोकतन्त्रको रक्षा र भलो कहिल्यै चाहँदैनन् ।’
देशभर कांग्रेसले सुरु गरेको प्रदर्शन नरोकिने केसीको भनाइ थियो । नेपाली कांग्रेसले ३ पटक संघर्ष गरेको भन्दै अब कम्युनिष्टको विरुद्धमा चौंथो प्रदर्शन थालिने बताए । ‘हामीले ३ पटक संघर्ष ग-यौं, राणा हटाउन, पञ्चायत हटाउन र गणतन्त्र ल्याउन,’ नेता केसीले भने, ‘अब हामी कम्युनिष्टका विरुद्ध लड्छौं, यो हाम्रो वार्म अप मात्र हो ।’
कांग्रेसमा अहिले केही कमजोरी रहेको र ती कमजोरी मेटाउँदै आफूहरु सशक्त संघर्ष जारी राख्ने केसीले बताए । उनले कम्युनिष्टलाई झुटो लोकतान्त्रिक बताउँदै कम्युनिष्टले लोकतन्त्रको खोल छाड्नुपर्ने बताए । उनले भने ‘हामी कहिल्यै पनि लोकतन्त्रका मार्गमा थाकेनौं, भागेनौं, सच्चा लोकतान्त्रिक हामी हौं कम्युनिष्टले खोल छाड्दा हुन्छ ।’
‘जहिले जहिले लोकतन्त्र, प्रजातन्त्रमाथि चोट पु-याइयो त्यति बेला कांग्रेस अघि स¥यो,’ नेता केसीले थपे, ‘अहिले ओलीतन्त्र ल्याइएको छ, यसलाई हटाएर लोकतन्त्र ल्याइनुपर्छ ।’
देशमा विभिन्न घोटाला र काण्ड बाहिरिएको बेला सरकारले पारदर्शी र स्वतन्त्र न्यायालय बनाएर ती घोटालाका छानबिन गरिनुपर्ने केसीको भनाइ छ । अहिले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका बारेमा आएका भनाइ, गोकुल बाँस्कोटाका बारेमा आएको घोटाला र ओम्नी प्रकरण जस्ता भ्रष्टाचारका विषयमा सरकार दरिलो हुनुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाट अहिले सरकार भ्रष्टाचारमा लिप्त रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले प्रष्टाएको बताए । नेकपालाई जनताले ५ वर्षे शासनको जनादेश दिए पनि नेकपा जनताको हित भन्दा पनि आफ्नै दुनो सोझाउन लागेको नेता रानाभाटको भनाइ थियो ।
यस्तै पूर्वमन्त्री तथा कांग्रेस नेता यज्ञ बहादुर थापाले नेकपाले ‘सुतेको सिंह’लाई उठाएको बताए । ‘नेकपाले सुतेको सिंह उठायो, अब स्यालहरु यत्रतत्र भाग्छन्,’ उनले भने, ‘कम्युनिष्टले पाएको मत भन्दा हामी बढी जनता सडकमा गनेर देखाइदिन्छौं, बहुमतको कुरा नगर्दा हुन्छ ।’
तनहुँमा मिनेन्द्रले के भने ?
जनताल लोकतन्त्रको अपमान गर्न मत दिएको होइन । संविधानमाथि खेलवाड गर्न दिएको होइन । जनताले संविधानको सम्मान र रक्षाका लागि दिएका हुन् ।
जनतालाई थाहा छ, ओलीलाई संविधानको १ मात्र धारा प्यारो छ । त्यो धारा हो २९८ धारा । त्यही धारामार्फत ओली प्रधानमन्त्री भएका थिए । हामी पटकपटक ओलीका मान्छेसँग बस्यौं, उनीहरूलाई संविधानको धारा २९८ बाहेक कुनै प्यारो थिएन ।
ओलीका लागि संसदको अधिवेशन बोलाउने, १ हप्ता भएपछि प्रधानमन्त्री छान्ने । त्यो बाहेक ओलीका लागि कुनै आवश्यक थिएन । हामी लोकतन्त्र, कांग्रेस, रामचन्द्रका पछाडि लागेका मान्छेहरू संविधानका हरेक धाराको सम्मान गर्छौं । आज हामीले देशभर दिन चाहेको सन्देश यही हो । आज तपार्इँहरूको उपस्थितिले नेपाली जनता नेपाली सहिद, अग्रजको पसिना, रगत र संविधानको रक्षामा प्रतिवद्ध रहेको देखाउँछ ।
हामीले नेपाल सरकारको अधिनायकवादको विरुद्धमा लागेका हौं । हामी अहिले कोरोनाका बेला भेला नहुन चाहन्थ्यौं । तपार्इँहरू यसरी जम्मा हुन नपरोस् भन्ने चाहन्थ्यौं । नेपालमा कोभिड संक्रमितको संख्या सजिलै ४ लाख कट्ने देखिन्छ । यसरी भेला हुनु हाम्रो बाध्यता हो । ओली सरकारले विधि नमान्दा आज हामी विधि मिच्न बाध्य छौं । अहिले नेपाली युवाहरू बेरोजगार हुँदा सिंहदरबारमा सरकारलाई अति भो, अति भो भन्दा पनि हामी कांग्रेसले आफ्नो धैर्य गुमाएनौं । हामीलाई भनियो, कांग्रेस प्रतिपक्षी जस्तो भएन ।
तर पनि जनताको स्वास्थ्य जोखिममा हुँदा हामी त्यसबेला चुप लाग्न बाध्य थियौं । ओलीले रामचन्द्रमाथि आक्रमण गरेर मात्र होइन, हामी प्रतिपक्षी जस्तो भएनौं भनेर मात्र होइन कि सरकारको अहिलेको कामले जनताका जीवन जोखिममा भएकाले हामी विरोध गर्न बाध्य भएका हौं । हामीलाई हरेक दिन जनताको जीवन जाला भन्ने चिन्ता छ ।
कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको हो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा दुव्र्यवहार गरेपछि र कोरोना नियन्त्रणमा सरकार नै भ्रष्ट बनेको भन्दै विरोध प्रदर्शन आह्वान गरिएको थियो । पोखरामा सोमबार प्रदर्शन हुनु अगाडि आइतबार नेपाल विद्यार्थी संघ (नेविसं) ले सिट्टी जुलुस निकालेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया