गण्डकी

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री पोखरेल

इकागज |
कात्तिक १५, २०७८ सोमबार १२:८ बजे

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज पोखरामा विजयादशमी, दिपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले प्रेस स्वतन्त्रतालाई अकुंस लगाउने कुरामा सरकार जान नसक्ने स्पष्ट पारे । 

पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको जनाउँदै उनले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानून यसका विरुद्धमा हुन नसक्ने उल्लेख गरे । सरकारका कामकारबाही एवं गतिविधिका सम्बन्धमा प्रेस जगतबाट तथ्यगत समारचाको अपेक्षा गरिएको जनाउँदै उनले आफूहरूले तारिफ नचाहेको बताए । 
    
प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको जनाउँदै अहंकार र घमण्डले केवल दुर्दशा तथा अस्थिरता ल्याउने बताए ।  नेपालीका यी महान चाडले राष्ट्रिय एकता कायम गर्ने उनले बताए । 


शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधिमन्त्री मेखलाल श्रेष्ठले सरकार प्रदेशवासीलाई खोपको व्यवस्थाका साथै बाढीपहिरो एवं प्राकृतिक विपत्तिको उद्धार, राहत आदिमा क्रियाशील बनेको सुनाए । 

रासस


Author

थप समाचार
x