बर्दिया राष्ट्रिय निकुञ्जभित्र गोली हानाहान
प्रतिकात्मक तस्वीर
नेपालगञ्ज : बर्दिया राष्ट्रिय निकुञ्ज भित्र गोली हानाहान भएको छ । निकुञ्ज कर्मचारी र नेपाली सेनासहितको संयुक्त गस्ती टोली र सिकारीबीच गोली हानाहान भएको
हो ।
बर्दिया राष्ट्रिय निकुञ्जको खयरभट्टी पोष्ट नजिक रहेको गिठ्ठे खोलामा उनीहरू बिच गोली हानाहान भएको हो । निकुञ्जका अनुसार, चोरी, निकाशी नियन्त्रणका लागि गएको सामुहिक गस्तीलाई देख्ने बित्तिकै सिकारीहरूले गोली चलाएका थिए भने सुुरक्षाकर्मीको टोलीले पनि जवाफी फायर गरेको थियो । गोली हानाहानमा कुनै मानवीय क्षति भने भएन । घटना शनिबार रातिको भए पनि निकुन्जले ढिलाेगरी मात्रै जानकारी दिएको हो ।
सोही क्रममा सुुरक्षा टोलीले वन्यजन्तुको सुकुटी र भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरिएको छ । निकुञ्जका अनुसार पक्राउ पर्नेमा सुर्खेतको बराहाताल गाउँपालिका–३ नरसिहंकाडाका ३४ वर्षीय चक्रबहादुर विष्ट र २४ वर्षीय गणेश तिवारी रहेका छन् ।
उनीहरूको साथबाट भरुवा बन्दुक तीन नाल, गोली १७ थान, बारुद करिब २०० ग्राम, हसियाँ पाँच थान, गुलेली एक, जाल एक, वन्यजन्तुको सुकुटी करिब ७० किलोलगायतका सामग्री बरामद गरिएको निकुञ्जले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया