गण्डकी

अर्थतन्त्रको आधार सहकारी: मुख्यमन्त्री पाेखरेल

इकागज |
पुस २२, २०७८ बिहीबार १७:१० बजे

फाइल फाेटाे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले अर्थतन्त्रको आधार सहकारी भएको बताएका छन् । सहकारीलाई समेटेर बनेको नेपालको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।

सहकारीको रकम उत्पानदनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले पर्यटन, जलविद्युत्, उद्योग, व्यापारलगायत क्षेत्रमा सहकारीले लगानी बढाउँदै गएमा अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने जानकारी दिए । उनले प्रदेश सरकारले सहकारीलाई रचनात्मक ढङ्गले सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । रासस



Author

थप समाचार
x