चरी बाघको मृत्यु
![](https://ekagajcdn.prixacdn.net/media/albums/ekagaj_o1RpRGVTms.jpg.300x195_q100_qhS7tkXBgQ.jpg)
दमौली : तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।
डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । बाघको खुट्टा र ढाडमा चोट लागेको थियो ।
सुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिएपनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो । प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरी बाघ भेटिएको हो । 'तनहुँमा पनि चरी बाघ रहेछ भन्ने अवगत भयो । यसअगाडि चरी बाघ छ भन्ने थाहा थिएन,' उनले भने । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया