गण्डकी

झण्डै ५ महिनापछि गण्डकी प्रदेशसभाको बैठक

इकागज |
फागुन १२, २०७८ बिहीबार १४:४० बजे

फाइल तस्विर

पोखरा- बैठक स्थगित भएको झण्डै ५ महिनापछि गण्डकी प्रदेशसभाको अर्को बैठक फागुन २६ मा बस्ने भएको छ ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको परिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ लाई संसोधन गर्न बनेको विधेयक गत असोज ५ गते पारित भएसँगै प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।


फागुन ९ गते बसेको मन्त्री परिषद् बैठकमा २६ गते विधेयक अधिवेशन गर्ने निर्णय अनुसार प्रदेशसभा सचिव हरिराज पोखरेलले प्रदेश राजपत्रमा सुचना प्रकाशित गरेसंगै बैठक बस्ने निश्चित भएको बताए । बैठकमा सरकारले आमसञ्चार विधेयक, बालबालिका सम्बन्धि विधेयकहरु ल्याउने तयारी गरेको छ ।

कोरोनाका कारण यो भन्दा अघि पोखरा सभागृहमा बैठक भएको थियो। अब हुने हिउँदे अधिवेशन पोखरा ३ नदिपुरस्थित प्रदेशसभा भवनमै हुनेछ ।


Author

थप समाचार
x