गण्डकी

बागलुङ नगरपालिकाद्वारा शववाहन हस्तान्तरण

इकागज |
फागुन १५, २०७८ आइतबार ७:१ बजे

फाइल फोटो

बागलुङ - बागलुङ नगरपालिकाले शववाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरणको छ । आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस् भन्नका लागि नगरपालिकाले शववाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । 

नगरपालिकाको १२ लाख २० हजार र धवलागिरि अस्पतालको रु दुई लाख गरी १४ लाख २० हजारमा कर छुट गरी शववाहन खरिद गरेको हो । बिरामी बोक्ने एम्बुलेन्समै शव बोक्नुपर्ने समस्या भएपछि  नगरपालिकाले शववाहन खरिद गरेर शनिबार सो अस्पताललाई हस्तान्तरण गरेको छ । 


शववाहन सञ्चालनमा ल्याएपछि शव व्यवस्थापनमा निकै सहज हुने धवलागिरि अस्पतालका  प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताए । `नगरपालिका र अस्पतालबीच शववाहन सञ्चालन कार्यविधि बनाएर शववाहन सञ्चालनमा ल्याइने छ`, उनले भने।


Author

थप समाचार
x