गण्डकी

नासो गाउँपालिकाको वडा सिमाना संशोधन गर्न गण्डकी सरकारको सिफारिस

इकागज |
फागुन १७, २०७८ मंगलबार १५:४ बजे

पोखरा- गण्डकी प्रदेश सरकारले मनाङको नासो गाउँपालिकाको सिमा संशाेधन गर्न आएको प्रस्ताव स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गाउँपालिकाको वडा सीमाना संशाेधन गर्न संघ सरकारलाई सिफारिस गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ८ र ९ को सिमा विवाद भएपछि गत माघ १९ बसेको गाउँ कार्यपालिकाको बैठकले नक्सा संसोधन गर्ने निर्णय गरेको थियो । पालिकाको साविक ताचैबगर छाप गाबिसको १ देखि ५ नम्बर समेटेर हालको ८ नम्बर वडा बनेको थियो भने सोही गाबिसको ६, ७, ८ र ९ नम्बर मिलाएर हालको ९ नम्बर वडा बनाईएको थियो ।


ती वडाको सिमानामा विवाद भएपछि गाउँसभा बसेर पालिकाले एक महिना अघि बैठक बसेर कार्यान्वयनका लागि प्रदेश सरकारमा पठाएको थियो । प्रदेश सरकारले उक्त प्रस्ताव अनुमोदन गरेर संघ सरकारलाई पठाएको हो ।

अब संघ सरकारले नक्सा संसोधनबारे अन्तिम निर्णय गर्नेछ । सिमाना संसोधन गर्न गाउँपालिकाको प्रस्तावअनुसार संघ सरकारलाई सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिए ।


Author

थप समाचार
x