गण्डकी

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

इकागज |
फागुन ११, २०७७ मंगलबार ९:१० बजे

सांकेतिक तस्बिर

पर्वत : जिल्लाको जलजला गाउँपालिका-८ खनियाँघाटमा ध१प ८९५८ नंको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बागलुङ नगरपालिका-२ का ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको छ ।


दुर्घटनामा परेका केसीको तत्काल उद्धार गरी प्रहरीले बागलुङ अस्पतालमा पुर्‍याएका थियो । अस्पतालले केसीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिषकुमार श्रेष्ठले जानकारी दिए । मोटरसाइकल सडकबाट अन्दाजी २२ मिटर तलको खोँचमा खसेको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा तीन घाइते
यसैगरी पर्वत जिल्लाको मोदी गाउँपालिका-५ अम्बोटस्थित पोखरा-बागलुङ  सडकखण्डमा म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग३च १०९ नंको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

दुर्घटनामा परी म्याग्दी जिल्ला अन्‍नपूर्ण गाउँपालिका-४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा घाइते भएका हुन् । जीपमा चार जना सवार रहेकामा एक सकुशल रहेको र घाइतेको उपचारका लागि पोखरा लगिएको  जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । रासस


Author

थप समाचार
x