गण्डकी

फैसलाको स्वागतमा पोखरामा दीपप्रज्वलन

इकागज |
फागुन ११, २०७७ मंगलबार १९:५४ बजे

पोखरा : संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा दीपप्रज्वलन गरिएको छ । मंगलबार सर्वोच्चले संसद् विघटनलाई असंवैधानिक भन्दै बदर गरिदिएपछि फैसलाको स्वागतमा दीपप्रज्वलन गरिएको हो । 

पोखराको पृथ्वीचोकमा दाहाल–नेपाल समूहका नेता, कार्यकर्ताहरूले सर्वोच्चको निर्णय स्वागतयोग्य, संवैधानिक र व्यवस्थाको बचाउमा रहेको भन्दै दीप प्रज्वलन गरेका हुन्। उनीहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गर्दै राजीनामा दिनुपर्ने माग गरेका छन्। 


सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा फैसला सुनाएको थियो । प्रतिनिधि सभा विघटनको सरकारी निर्णय बदर गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो ।


Author

थप समाचार
x