लमजुङमा साढे ३० हजारले कोरोनाविरुद्ध बुस्टर डोज लगाए
लमजुङ- लमजुङमा ३० हजार ५ सय २० जनाले कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डाेज लगाएका छन् । कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिले बुस्टर खोप लगाएका हुन् ।
जिल्लामा हालसम्म १ लाख २४ हजार ७ सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । जसमध्ये पूर्ण खोप तथा दोस्रो मात्रा खोप लगाउनेको संख्या १ लाख १९ हजार ९ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
स्वास्थ्य कार्यालयले कूल १ लाख ३२ हजार ८ सय ७० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । पहिलो खोप ९४.३६ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए । उनका अनुसार दोस्रो मात्र खोप ९०.७५ प्रतिशतले लगाएका छन् । ।
कार्यालयले १८ वर्षमाथिका १ लाख १३ हजार ४ सय ८२ र १२ देखि १७ बर्षका १९ हजार ३ सय ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । १२ देखि १७ बर्षसम्मका १६ हजार ९ सय ४६ मजनालाई मोर्डनाको पहिलो डोज खोप लगाइएको छ भने दोस्रो मात्रा लगाउनेको संख्या १५ हजार २ सय ९ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा सुरुमा अभियानकै क्रममा खोप लगाइएकोमा पछिल्लो समय जिल्ला अस्पताल लमजुङबाट प्रत्येक साताको सोमबार र बिहीबार नियमित रुपमा खोप दिइदै आएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया