गण्डकी

जबर्जस्ती करणीको मुद्दामा पीडितलाई मिल्‍न दबाब दिने वकिल पक्राउ

इकागज |
चैत ६, २०७७ शुक्रबार ९:३७ बजे

पोखरा : पोखराका एक वकिल पक्राउ परेका छन् । जबर्जस्ती करणीको मुद्दा मिलाउन भन्दै पीडित पक्षलाई दबाब दिने ५८ वर्षीय लक्ष्मीबहादुर घिमिरे बैदामबाट पक्राउ परेका हुन् । घिमिरे निजि वकिलको रुपमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरामा जबर्जस्ती करणीको कसुरमा पक्राउ परेका सुर्यलाल खड्का र कमानसिंह लामाले बयानमा घिमिरेको नाम लिएपछि पक्राउ गरिएको हो । जबर्जस्ती करणीको आरोपमा पक्राउ पर्दा दुई पीडकबाट प्रहरीले १२ लाखको चेक र १ लाख १० हजार नगद बरामद गरेको थियो ।


घिमिरेमाथि चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरि नायव उपरीक्षक (डिएसपी) सुवास हमालले बताए ।


Author

थप समाचार
x