कास्कीका सबै तहमा गठबन्धन गरिने
पोखरा- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा केन्द्रीय गठबन्धनमा रहेका कास्कीमा क्रियाशील राजनीतिक दलका नेतृत्वको संयुक्त बैठक पोखरामा बसेको छ । बैठकले कास्कीका पाँच वटै पालिका र समन्वय समितिमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले जिल्लामा रहेकाे ५ वटा पालिका र ७२ वटा वडामा पनि चुनावी तालमेल गर्ने सम्बन्धमा सम्बन्धित तहमा गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठक बस्ने र संयुक्त संयन्त्र निर्माण गरि आवश्यक गृहकार्य गर्ने निर्णय गरेको हो ।
यसैगरि गठबन्धनमा रहेका दलहरुबीच एकता, सम्मान र हार्दिकताको भावना वृद्धि गरि आसन्न स्थानीय निर्वाचनमा सहकार्य र अपनत्वको भावनासहित अघि बढ्ने निर्णय भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । निर्वाचनमा जिल्ला, पालिका र वडास्तरमा दलगत अवस्थाका बारेमा प्रतिवेदन तयार गर्न कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप एक जना रहने गरि १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।
बैठकमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको सभापतित्वमा भएको बैठकमा माओवादी केन्द्र कास्कीका अध्यक्ष बखानसिंह गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य, राजमोका अध्यक्ष रविमोहन ढकाल, संघीय समाजवादीका अध्यक्ष गिरी प्रसाद गुरुङ लगायत सहभागी थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया