गण्डकीका सबै जिल्ला खेलकुद विकास समिति हटाइयो
पोखरा- गण्डकी प्रदेश सरकारले प्रदेशका सबै जिल्लाका खेलकुद समितिलाई हटाएको छ । २०७८ चैत २४ गते बसेको मन्त्रिपरिषद्को निर्णयले गण्डकी उनीहरुलाई हटाएको प्रवक्ता तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिए ।
‘जिल्ला खेलकुद बिकास समितिका ११ जिल्लाका पदाधिकारी र सदस्यहरुको कार्य प्रगति सन्तोषजनक नरहेको र भन्दै त्यसका बारेमा सफाइको माैका दिएको र उनीहरुको सफाइ सन्तोषजनक नरहेको भन्दै विभागीय मन्त्रालयले उनीहरुलाई हटाउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।’ उनले भने,‘गण्डकी प्रदेशका गोरखा तनहुँ, स्याङ्जा लमजुङ, नवलपरासी, मनाङ् मुस्ताङ, म्याग्दी, पर्वत, कास्की, बाग्लुङका जिल्ला खेलकुद विकास समिति र पदाधिकारीलाई हटाउने निर्णय गरेको छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया