गण्डकी

कांग्रेस पोखराः मेयर, उपमेयरमा जेठाजु बुहारीदेखि रामचन्द्रका ज्वाईंसमेतको दाबी

इकागज |
बैशाख ४, २०७९ आइतबार १७:४६ बजे

फाइल फोटो

पोखरा - नेपाली कांग्रेसले पोखराको मेयर र उपमेयरको नाम संकलन गरिसकेको छ । दुई दिनसम्म संकलन गरिएको नामबारे मतदानबाट संख्या घटाउने वा सबै नाम सिफारिस गर्ने भन्ने छलफल सुरु भएको छ । मेयरमा १८ र उपमेयरमा १० जनाले आकांक्षा देखाएका छन् । उनीहरूले मेयरमा २५ र उपमेयरमा २० हजार तिरेर नाम टिपाएका हुन् ।

पोखराको मेयर र उपमेयरमा एउटै घरबाट पनि दाबी परेको छ । मेयरमा जेठाजु (मन्त्री विन्दुकुमार थापा) र उपमेयरमा बुहारी (मिलन थापा) ले नाम टिपाएका हुन् । उनीहरु दुवै जना महाधिवेशन प्रतिनिधि पनि हुन् । महधिवेशनकै बेला जेठाजु बुहारीलाई महाधिवेशन प्रतिनिधिमा रोक्ने प्रयास नभएको होइन । तर, दुवै जनाले अत्यधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । 


मेयरमा रामचन्द्रका छोरीज्वाईं परमेश्वर पोखरेल पनि दाबेदार छन् । उनी हाल पार्टीमा कुनै पनि पदमा छैनन् । गत मंसिरमा भएको १४औं महाधिवेशनअन्तर्गत कास्की सभापतिमा पराजित भएका सुदिपमोहन भट्टराई र जितेका किशोरदत्त बराल दुवैजना मेयरको आकांक्षी छन् ।


Author

थप समाचार
x