नेकपा समाजवादीसँग तालमेल नगर्ने कास्की कांग्रेसको निर्णय
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेस कास्कीले नेकपा समाजवादीसँग कास्कीका सन्दर्भमा तालमेल गरेर जान नसकिने बताएको छ ।
जिल्ला कार्यसमिति कास्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेकपा समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कास्की कांग्रेसले समाजवादीसँग तालमेल नगर्ने निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाको निर्देशनमा पटक पटक बसेको जिल्लामा रहेको गठबन्धन दलहरुका शीर्ष नेताहरुको छलफलमा समाजवादीले अस्वाभाविक माग राखेको कांग्रेस कास्कीले जनाएको छ ।
पार्टीका तल्ला तहको राय सल्लाह सुझाव बमोजिम कांग्रेसले गठबन्धनका अन्य दलसँग तालमेलका लागि वार्ता र छलफल अगाडि बढाउने उल्लेख गरेको छ । कास्की काग्रेसले पोखरा महानगरका विषयमा सञ्चारमाध्यममा आएका समाचारको पछि नलाग्न पनि अनुरोध गरेको छ ।
शीर्ष नेताहरुको छलफलमा पोखरा महानगरपालिका समाजवादीलाई दिने सहमति नजिक भएका समाचारहरू आएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया