गण्डकी

पोखराका ११ वडामा मात्रै कांग्रेसले उम्मेदवार टुंग्यायो, २२ वडामा अझै अन्यौल

इकागज |
बैशाख १२, २०७९ सोमबार ८:१५ बजे

पोखरा- नेपाली कांग्रसले पोखरा महानगरपालिकाका ११ वटा वडामा मात्र उम्मेदवार टुंग्याएको छ । पोखरामा कुल ३३ वटा वडा रहेकामा २२ वटा वडामा उम्मेदवार टुंग्याउन बाँकी छ । 

तर, मनोनयन दर्ताकाे आज अन्तिम दिन हो । कांग्रेसलाई गठबन्धनका कारण उम्मेदवार टुंग्याउन सकस परेको छ ।


कांग्रेसले पोखरा १ मा सीता गुरुङ, ४ मा देवकृष्ण पराजुली, ८ मा शारदा गिरी, ९ मा दीपेन्द्र मर्सानी, १० मा राजकुमार गुरुङलाई वडाध्यक्षको टिकट दिएको छ ।

पोखरा ११ मा प्रेम कर्माचार्य, १२ मा सन्तोष बाँस्तोला, १३ मा किरण बराल, १७ मा देवराज आचार्य, १८ मा शिव तिमिल्सिना र २० मा महेन्द्र अधिकारीलाई उम्मेदवार बनाइएको छ । क्षेत्रीय समिति बैठकले उम्मेदवार टुंग्याएको हो ।


Author

थप समाचार
x