लमजुङमा उम्मेदवारविरुद्ध उजुरी
फाइल फोटो
लमजुङ -- आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक जनाको दाबी विरोधको उजुरी परेको छ । आज तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो ।
जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको मस्र्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेले बताए । उनले भने, `कतिला विरुद्धमा नेपाली कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदावर मिनराशी गुरुङले दाबी विरोध उपर उजुरी दिएको छन् ।` केही महिना अघि न्यादी आयोजनाको सिमेन्ट ओसारपोसारका क्रममा ढाँका चोरी मुद्दामा केश परेको थियो ।
सो विरुद्धमा अदालतमा परेको मुद्दा देखाएर उनले दाबी विरोध उपरको उजुरी दिएका छन् । आएका दाबी विरोध उपरको उजुरीमाथि छानबिन गरिने उनले बताए ।
उक्त कतिलालाई अदालतले एक महिना कैद र रु १२ हजार जरिवाना तोकेको र सो कैद भुक्तानी गरिसकेको निर्वाचन अधिकृत काफ्लेले बताए ।
जिल्लाको अन्य स्थानीय तहमा भने कुनै पनि उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले जनाएको छ ।
जिल्लामा विभिन्न पदका लागि एक हजार १४७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया