अर्घाखाँचीमा ओली पक्षले गर्यो समानान्तर कमिटी बनाउने तीन नेतालाई कारबाही
बुटवल : नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले पार्टी विरोधी क्रियाकलाप गरेको भन्दै जिल्ला तिनजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले पार्टी हित विपरीत विभाजनकारी गतिविधीमा संलग्न रहेको भन्दै नेकपा एमालेका तत्कालीन पूर्वजिल्ला सचिव रामबहादुर चौहान, संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा, सिद्धीप्रसाद भुसाललाई पार्टीबाट निष्कासन गरेको हो ।
पार्टी विधानको धारा ४९ (ख) अनुसार पार्टी संगठित सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको एमालेले बताएको छ । पार्टी अध्यक्ष चेतनारायण आचार्यले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘पार्टी विभाजनकारी गुटगत क्रियाकलापमा संलग्न रही पार्टी अनुशासन उल्लंघन गर्ने अन्य केही व्यक्तिहरूलाई पार्टी विधान अनुसार स्पष्टीकरण माग गर्ने निर्णय पनि एमालेले गरेको छ ।’
यसअघि माधव नेपाल निकट एमाले नेताहरूको भेलाले नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर समिटि गठन गरेको थियो । भेलाले यहि चैत्र मसान्त भित्र पार्टीका पालिका, वार्ड र टोल तहका कमिटीहरू पुर्नगठन गर्ने, जनसंगठनका जिल्ला पालिका, वार्ड र टोल तहका कमिटिहरू पुर्नगठन समेत गर्ने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया