लुम्बिनी

अर्थमन्त्रीको दबाबमा रूपन्देहीका सिडिओ र दुई प्रहरी प्रमुखको सरुवा

इकागज |
चैत १७, २०७७ मगलवार ८:५ बजे

प्रजिअ पीताम्बर घिमिरे र एसपी प्रवीण पोखरेल

बुटवल : रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र दुई प्रहरी प्रमुखको एकै साथ सरुवा भएको छ । सोमबार प्रजिअ पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी प्रमुख एसपी भरत खनियाको एकै साथ सरुवा भएको हो ।

मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा सुरक्षा व्यवस्थापनमा कमजोरी गरेको भन्दै गृहमन्त्रालयले तीनै जनाको सरुवा गरेको स्रोतको दाबी छ । गृह मन्त्रालयका अनुसार रूपन्देहीका प्रजिअ घिमिरेको पर्सा सरुवा भएको छ । रूपन्देहीमा पर्साका प्रजिअ आस्मान तामाङ आउने भएका छन् ।


एक महिनाअघि रुपन्देहीको मोतिपुरमा अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टलाई ढुङगामुढा भएको थियो । मोतिपुर आौद्योगिक करिडोर शिलान्यास गर्न पुगेका मन्त्रीद्वयमाथि स्थानीयले ढुङ्गा हानेका थिए । उक्त घटनामा सुरक्षा अधिकारीहरुको कमजोरी भएको दलीय कार्यकर्ताको दाबी थियो । 

गत फागुन २१ गते सरकारले मोतीपुर औद्योगिक क्षेत्रमा तयारी बिनै शिलान्यास कार्यक्रम गरेको थियो । उद्योगका लागि अधिग्रहण गरेको जग्गामा आफूहरूको व्यवस्थापन नगरी शिलान्यास गरेको भन्दै स्थानीयले कार्यक्रम अवरोध गरेका थिए । अवरोधकै बीच शिलान्यास गर्न खोज्दा स्थानीयले मन्त्रीमाथि ढुंगा प्रहार गरेका थिए ।

र, यो पनि
- अर्थमन्त्रीमाथि ढुंगा प्रहार : प्रहरी र स्थानीयबीच झडप (फोटो/भिडियो)


Author

थप समाचार
x