वीरेन्द्रचोक तनावग्रस्त : शालिक राख्न प्रशासनले नदिएपछि प्रहरी र राजावादीबीच झडप
काठमाडौँ- पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको शालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन केहि राउण्ड हवाईफायर समेत गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया