लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध मिनाले दिइन किटानी जाहेरी
बुटवल - लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । मंगलबार बिहान पक्राउ परेकी वलीविरुद्ध मीनाले अपरान्ह इलाका प्रहरी कार्यालय तुलसीपुरमा वलीविरुद्ध जाहेरी दिएकी हुन् । जाहेरीमा उनले आफूलाई मीनाले बेडरुममै गएर कुटपिट गरेको बताएकी छन् ।
प्रहरीमा दिएको जाहेरीमा मीनाले विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको बताएकी छन् । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि आक्रमण गरेको उनको भनाई छ । त्यस क्रममा आफ्नो कपाल लुछेर आक्रमण गरेको मीनाले जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीमा मीनाले आफ्नो ६ वर्षीया छोरीलाई समेत छुट्याउन आएको बेला हातपात गरेको उल्लेख गरेकी छन् ।
उता, दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताएका छन् । `राज्यमन्त्रीज्यूविरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौ,` एसपी काफ्लेले भने, `ईप्रकाबाट जाहेरी आइपुग्नेबित्तिकै हामी कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।`
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया