लुम्बिनी

हिउँदे अधिवेशन अन्त्य गर्ने लुम्बिनी सरकारको निर्णय

इकागज |
चैत २३, २०७७ सोमबार १८:३१ बजे

फाइल तस्‍वीर

काठमाडौं : लुम्बिनी सरकारले प्रदेश सभाको हिउँदे अधिवेसन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेर प्रदेश प्रमुख समक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । 

उनकाअनुसार मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुनेछ । संसदलाई दिने विजनेश केही नभएका कारण अधिवेसन अन्त्य गरिएको उनले बताए ।


मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेपछि सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो । लुम्बिनीमा मुख्यमन्त्री पोखरेललाई हटाउन एमालेइतर तीन दल सहमत भएपछि एकाएक मुख्यमन्त्रीले अधिवेसन अन्त्य गरेका हुन् ।

आजै माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच लुम्बिनी सरकार परिवर्तन गर्ने सहमति भएको थियो ।  माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरूले हस्ताक्षर संकलन सुरु गरेका थिए ।


Author

थप समाचार
x