लुम्बिनी

दाङमा ६३ प्रतिशत मात्रै बजेट खर्च

इकागज |
असार ३०, २०७९ बिहीबार २०:४४ बजे

दाङ- दाङ जिल्लामा प्रदेश सरकार अन्तर्गतका कार्यालयमा ६३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकार अन्तर्गतको पुँजीगत खर्च ६२.६० प्रतिशत भएको छ । यस आर्थिक वर्षभर पुँजीगत खर्च ६२.६० प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । 

जिल्लामा प्रदेश सरकारबाट चालु आर्थिक वर्षको लागि पुँजीगततर्फ ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार बजेट आएकोमा २ अर्ब ३४ करोड ८६ लाख ६८ हजार २ सय ९५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए ।


चालुतर्फ ७८.३० प्रतिशत खर्च भएको छ । चालुतर्फ प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ८८ लाख ५३ हजार रुपैयाँ आएको थियो । जसमा हालसम्म १ अर्ब ५२ करोड ६० लाख ६९ हजार ५ सय ७५ रुपैयाँ खर्च भएको छ । असार महिनामा मात्र प्रदेश सरकारको पुँजीगत खर्च ९२ करोड ३७ लाख १४ हजार ८ सय ५९ रुपैयाँ ८१ पैसा खर्च भएको छ । यसैगरी प्रदेश सरकार अन्तर्गत जिल्लामा हालसम्म ९९ करोड ६४ लाख ९१ हजार ६ सय ७७ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी भण्डारीले बताए । 

आव २०७८/७९ मा दाङमा ३८ प्रतिशत विकास बजेट खर्च भएको छैन् । कुल ५ अर्ब ७४ करोड ६९ लाख ७४ हजार रुपैयाँ बजेटमध्ये १ अर्व ४० करोड १७ लाख ११ हजार ७ सय ५२ रूपैयाँ खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले बताएको छ । स्थानीय निर्वाचन, सार्वजनिक खरिद नियमावली ११ औं संशाेधन, निमार्ण सामाग्रीको मूल्य वृद्धि लगायतका कारण विनियोजित बजेट लक्ष्य अनुरुप कार्यान्वयन नभएको कार्यालयका प्रमुख शिवप्रसाद चौधरीले बताए ।

बजेटको आकारका हिसाव विनियोजित बजेट सतप्रतिसत प्रतिशत खर्च हुनु पर्ने हो । तर लक्ष्य अनुरुप खर्च नहुँदा विकास समेत प्रभावित भएको छ । 


Author

थप समाचार
x