लुम्बिनी

दाङमा बजेट खर्च : एकै महिनामा ४० प्रतिशत, वर्षैभर ६३ प्रतिशत खर्च

इकागज |
साउन १, २०७९ आइतबार १८:४८ बजे

दाङ- दाङमा एक महिनाको अवधिमा कूल बजेटको ४० प्रतिशत विकास बजेट खर्च गरिएको छ । प्रदेश सरकार अन्तर्गतका कार्यालयमा कूल बजेटको ६३ प्रतिशत खर्च हुँदै गर्दा असार महिनामा मात्रै ४० प्रतिशत बजेट खर्च भएको छ । 

कूल पुँजीगत बजेट ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार रहेकोमा असारमा मात्रै ९२ करोड १९ लाख २५ हजार ८ सय रुपैयाँ खर्च गरिएको छ । वर्षभरिमा भने कूल बजेटमध्ये १ अर्ब ८७ करोड ५ लाख ५ हजार ८ सय (५९.८७ प्रतिशत) रुपैयाँ खर्च गरेका छन् । कतिपय कार्यालयले भने असारमा भुक्तानी धेरै भएकाले यस्तो देखिएको जनाएका छन् । 


सहकारी दर्ता अधिकारीको कार्यालय, राप्ती उपत्यकाले असारमै धेरै बजेट खर्च गरेको छ । चालू तर्फको बजेट १ करोड ४८ लाख २४  हजार मध्ये असारमा १६ लाख ५० हजार ६ सय र वर्षभरि १८ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च गरेको छ । पुँजीगत तर्फको बजेट ९३ लाख १० हजार मध्ये असारमा ८२ हजार २ सय  र वर्षभरि १ करोड ११ लाख ७४ हजार ३ सय रुपैयाँ खर्च गरेको कार्यालयले जानकारी दिएको छ । 

आर्थिक वर्षमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले कम खर्च गरेको छ । चालू तर्फको बजेट २० करोड ५५ लाख ९७ हजार मध्ये असारमा ४ करोड ७४ लाख ९४ हजार ३ सय ४८.२९ र वर्षभरि ९ करोड ४२ लाख ३३ हजार ९ सय रुपैयाँ खर्च गरेको तथ्यांक छ । पुँजीगत तर्फको बजेट २९ करोड ८५ लाख मध्ये असारमा १ करोड ७२ लाख ३९ हजार ३ सय १२.७३ र वर्षभरि १ करोड ८५ लाख ९८ हजार ४ सय १२.७३ रुपैयाँ खर्च गरेको छ । 

६३ प्रतिशत पुँजीगत खर्च

प्रदेश सरकारको करिव ६३ प्रतिशत खर्च पुँजीगत खर्च भएको छ । चालू आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकार अन्तर्गतको पुँजीगत खर्च ६२.६० प्रतिशत भएको छ । यस आर्थिक वर्षभर पुँजीगत खर्च ६२.६० प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । 

जिल्लामा प्रदेश सरकारबाट चालू आर्थिक वर्षको लागि पुँजीगततर्फ ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार बजेट आएकोमा २ अर्ब ३४ करोड ८६ लाख ६८ हजार २ सय ९५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए ।

चालूतर्फ ७८.३० प्रतिशत खर्च भएको छ । चालूतर्फ प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा १ अर्ब ९४ करोड ८८ लाख ५३ हजार रुपैयाँ आएको थियो । जसमा हालसम्म १ अर्ब ५२ करोड ६० लाख ६९ हजार ५ सय ७५ रुपैयाँ खर्च भएको छ । असार महिनामा मात्र प्रदेश सरकारको पुँजीगत खर्च ९२ करोड ३७ लाख १४ हजार ८ सय ५९ रुपैयाँ ८१ पैसा खर्च भएको छ । यसैगरी प्रदेश सरकार अन्तर्गत जिल्लामा हालसम्म ९९ करोड ६४ लाख ९१ हजार ६ सय ७७ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी भण्डारीले बताए ।

३८ प्रतिशत बजेट खर्च भएन

आव २०७८/७९ मा दाङमा ३८ प्रतिशत विकास बजेट खर्च भएको छैन । कूल ५ अर्ब ७४ करोड ६९ लाख ७४ हजार रुपैयाँ बजेटमध्ये १ अर्ब ४० करोड १७ लाख ११ हजार ७ सय ५२ रूपैयाँ खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले बताएको छ । स्थानीय निर्वाचन, सार्वजनिक खरिद नियमावली ११ औं संशाेधन, निमार्ण सामग्रीको मूल्य वृद्धिलगायतका कारण विनियोजित बजेट लक्ष्य अनुरुप कार्यान्वयन नभएको कार्यालयका प्रमुख शिवप्रसाद चौधरीले बताए ।

बजेटको आकारका हिसाब विनियोजित बजेट सतप्रतिशत खर्च हुनै पर्ने हो । तर लक्ष्य अनुरुप खर्च नहुँदा विकास समेत प्रभावित भएको छ । न्युज कारखाना 


Author

थप समाचार
x