प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला
बुटवल- तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा उपप्रमुखको नेतृत्वमा जनप्रतिनिधिहरूले ताला लगाई दिएका छन्। नगर सभामा विवाद भएसँगै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधिहरूले ताला लगाई दिएका हुन्।
उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रूपमा नगर सभाका एकै दिनका बैठकमा अलग-अलग उपस्थिती गराउने गरेको आरोप लगाइन्।
'हामीले उपस्थिति पुस्तिका गायव पारेर प्रशासकीय अधिकृत ज्ञवालीको योजनामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको मात्रै उपस्थिति तयार गरी हस्ताक्षर गराएकाले नैतिक हिसाबले अब ज्ञवाली नगरपालिकाको प्रशासकीय अधिकृत स्वीकार्य हुँदैन,' चाैधरीले भनिन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया