लुम्बिनी

रुपन्देहीको गैडहवामा दुई सातादेखि तालाबन्दी

इकागज |
साउन १६, २०७९ सोमबार ९:१२ बजे

सांकेतिक तस्बिर

रुपन्देही- जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउनदेखि बन्द अवस्थामा रहेको छ ।

जनप्रतिनिधिले नै बिभिन्‍न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ सातादेखि पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन् । सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभएपछि थप समस्या देखिएको हो । 


नेपाली कांग्रेस, जनमत पार्टी तथा  ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।गाउँपालिकामा भ्रष्टाचार भएको, विकास निमार्णको काम अगाडी नबढाएको लगायतका माग राखेर सो तालाबन्दी गरिएको उनीहरुले जनाएका छन् । 


Author

थप समाचार
x