लुम्बिनी

बुटवलमा तीन घण्‍टाको फरकमा तीन जना कोभिड-१९ संक्रमितको मृत्यु

इकागज |
चैत ३०, २०७७ सोमबार १२:११ बजे

बुटवल : रुपन्देहीको बुटवलस्थित कोरोना विषेश अस्पतालमा सोमबार बिहान तीन जना कोभिड-१९ संक्रमितको ज्‍यान गएको छ ।  रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका गरी दुई महिला र एक पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । 

उनकाअनुसार रुपन्देहीको तिलोत्तमा १ की ७१ वर्षीया महिला, अर्घाखाँची मालारानी गाउँपालिका ३ की ७९ वर्षीया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका ३ का ७९ वर्षीय पुरुषको मृत्यु तीन घण्टाको फरकमा मृत्यु भएको हो । ज्वरो, निमोनिया, स्वासप्रश्वासमा समस्या देखिएपछि उनीहरू अस्पतालमा भर्ना भएका थिए ।



Author

थप समाचार
x