लुम्बिनी

दाङमा ४ बन्दकर्ता पक्राउ

इकागज |
भदौ ७, २०७९ मंगलबार १०:३० बजे

सांकेतिक तस्बिर

दाङ- दाङमा पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश वलीसहित चारजनालाई पक्राउ गरिएको हो ।


यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जना रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ ।


Author

थप समाचार
x