लुम्बिनी

कोभिड-१९ को निगेटिभ रिपोर्ट पोजेटिभ बनाउन खोज्‍ने तीन जना पक्राउ

इकागज |
कात्तिक २६, २०७७ बुधवार १७:५५ बजे

बाँके : विश्‍वव्यापी रुपमा फैलिएको कोभिड १९ को पीसीआर रिर्पोट नेगेटिभलाई पोजेटिभ बनाउन खोज्‍ने  भेरी अस्पतालका तीन जना कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो २ बजेतिर अस्पतालमा छापा मारेर  पीसीआर रिर्पोट नेगेटिभलाई पोजेटिभ बनाउन खोज्ने अस्पतालका तीन कर्मचारीलाई रंगेहात पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा भेरी अस्पतालमा रहेको आइसोलेसनका हेल्पर विवेक अधिकारी, अस्पतालका सुरक्षा गार्ड बद्री खनाल र बासुदेव जोशी छन् । पक्राउ परेकाहरू बारे अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।
 



Author

थप समाचार
x